Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

अनिश्चितकालका लागि तालाबन्दी भएका जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ विद्यालय खुले

१८ असार,   खबरमञ्च,   at 12:00 PM

By   /  July 3, 2019  /  Comments Off on अनिश्चितकालका लागि तालाबन्दी भएका जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ विद्यालय खुले

    Print       Email

जुम्ला । आइतबारदेखि अनिश्चितकालका लागि तालाबन्दी भएका जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ विद्यालय आजदेखि खुलेका छन् ।

गाउँपालिका अध्यक्ष देवलसिंह रावल र गाउँपालिका अन्तर्गतका शिक्षा विभाग प्रमुख नवीन शर्माले निजी शिक्षकहरुको समस्या समाधान गर्ने आश्वासन दिएपछि ती सबै विद्यालयका तालाहरु खोलिएको निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लो गोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताए ।

विद्यालयमा तालाबन्द गरी विद्यार्थीहरुको पढाइमा अवरोध नगर्न अध्यक्ष रावल र शिक्षा विभाग प्रमुख शर्माको आग्रहलाई शिक्षकहरुले स्वीकार गर्दै विद्यालयमा नियमित पढाइ सुरु गरेको उहाँको भनाइ छ ।

तलब नपाएको भन्दै २२ वटै विद्यालयका निजी शिक्षकहरुले तालाबन्दी गरेका थिए । त्रिसठ्ठी शिक्षकले हालसम्म तलब नपाएको गुनासो गरेका छन् ।

शिक्षकहरुले व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन यही असार ११ गते चार दिनको समयसीमा दिँदासमेत अटेर गरेपछि शिक्षकहरुले अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्वविद्यालयमा भागबन्डाको मुस-दौड रोक्न डा. केसीको आग्रह

Read More →