Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

अधिकार नदिएको भन्दै प्रदेश २ सरकारद्वारा संघीय सरकारबिरुद्व सर्वोच्चमा रिट

१६ साउन,   खबरमञ्च,   at 6:54 PM

By   /  August 1, 2019  /  Comments Off on अधिकार नदिएको भन्दै प्रदेश २ सरकारद्वारा संघीय सरकारबिरुद्व सर्वोच्चमा रिट

    Print       Email

जनकपुरधाम । देश संघीयतामा गइसकेको अवस्था आफूले पाउने अधिकार नपाएको विषयलाई लिएर प्रदेश सरकारले संघिय सरकारबिरुद्व मुद्दा दायर गरेको छ ।

संविधानअनुसार अधिकार नदिएको भन्दै प्रदेश २ सरकारले संघीय सरकारबिरुद्व सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार सर्वोच्च अदालतमा संघीय सरकारविरुद्ध मुद्दा दायर गरेको हो ।

संविधानअनुसार राष्ट्रिय वनको संरक्षण र ब्यबस्थापनको अधिकार प्रदेश सरकारको भएपनि राष्ट्रिय वनको रूपमा रहेकोे सागरनाथ वन विकास परियोजनालाई संघिय सरकारले वलजफ्ती कम्पनीमा रुपान्तरण गरी आफ्नो मातहतभित्र ल्याउन खोजेको मन्त्रालयको दाबी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाएर दायर गरिएको मुद्दामा उत्प्रेषण, प्रतिषेध र परमादेश समेत माग गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रदेश सरकारकै लगानीमा हेटौँडा–काठमाडौँ सुरुङमार्ग

Read More →